काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा जुनसुकै बेलामा जेसुकै हुनुपर्ने अवस्था रहेको बताएका छन् ।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो संकेत गरेका हुन् । संघमा मात्रै नभएर सुदूरपश्चिम, मधेश र बागमती प्रदेशमा के होला? भन्ने भइरहेको उनले बताए ।
यस्तै उनले सत्ता समीकरणमा आफूहरूलाई बेवास्ता गरेको भन्दै सरकारमा बस्ने या नबस्ने भन्ने जुनसुकै बेलामा निर्णय गर्नुपर्ने हुनसक्ने संकेत गरे ।
अध्यक्ष नेपालले नेपालको राजनीतिमा आफूप्रति जनताको निकै ठूलो आशा र अपेक्षा रहेको दाबी गरेका छन् । उनले पार्टीप्रति कुनै किसिमको भ्रम राख्नुपर्ने आवश्यक नभएको बताए । आज भोलिका ताजा घटनाक्रमले पनि एमालेबाट आफूहरूले विद्रोह गरेको औचित्य पुष्टि गरिरहेको उनको दाबी छ ।