प्रतिनिधिसभा बैठक आज बस्दै, कांग्रेसले अवरोध गर्ने सम्भावना कायमै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् सचिवालयले बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यसूचीमा ९ विषय समावेश गरिएको छ । सार्वजनिक भएको सम्भावित कार्यसूचीको ८ नम्बर बुँदामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रोस्ट्रम चढ्न दिने उल्लेख छ ।

उक्त बुँदामा गृहमन्त्री रवि लामिछानेले “राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् चल्न दिएको छैन । सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी भएको आरोप कांग्रेसको छ । कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गरिरहेको छ । माग पूरा नभएसम्म सदन चल्न नदिने नीति कांग्रेसको छ ।

गृहमन्त्री लामिछानेले प्रस्तुत गर्ने भनिएको राजनीतिक दलसम्बन्धी विधेयक सदनको अघिल्लो अधिवेशनमै प्रस्तुत गर्ने तयारी थियो । कांग्रेसले गृहमन्त्रीलाई रोकेको थियो । बजेट अधिवेशनमा पनि जबसम्म छानबिन समिति बन्दैन संसदीय गतिविधि अघि बढ्न नदिने कांग्रेसले बताइसकेको छ ।

न्यिदब िक्ष्mभ दबलप
यता, गृहमन्त्री लामिछानेले पनि आफूले सदनमा बोल्न पाउनुपर्ने भन्दै निरन्तर माग गर्दै आएका छन् । जसको मारमा सदन परेको छ । नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबुल हुन सकेको छैन भने राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत हुन सकेको छैन । यस्तै, बजेट अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुनुपर्ने कार्यसूचीहरू पनि प्रस्तुत हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय