सुनको मूल्य अहिलेसम्मकै महंगो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेर १ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको हो।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय