पाल्पामा जिप दुर्घटनामा परी २ जनाको मृत्यु, १३ घाइते

काठमाडौं । पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

गएराती भएको दुर्घटनामा मृत्यु हुनेमा निस्दी गाउँपालिका ४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् ।

उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय