प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेलाई सारियो, बस्ने सम्भावना कति ?

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ। आज बिहान ११ बजेका लागि तोकिएको उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो।

सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सारिएको हो।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गरेका थिए। सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै नेपालीका कांग्रेसले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर