सत्ता र प्रतिपक्षको टकरावका कारण संसद लगातार अवरुद्ध, प्रधानमन्त्री भन्छन्, गृहमन्त्रीलाई बोल्न दिनुस् समिति बन्छ

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ ।

सत्तापक्षले भने समिति बनाउन आवश्यक नरहेको बताउँदै पन्छिरहेको छ ।

सत्ता र प्रतिपक्षको टकरावका कारण संसद लगातार अवरुद्ध भइरहेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक पनि अपरान्ह ४ बजेलाई सािरएको छ । तर संसद सुचाररु गर्ने बारेमा भने सहमति जुट्न सकिरहेको छैन ।

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् । कांग्रेसले बोल्न दिए समिति बनाउने उनको प्रधानमन्त्रीको आश्वासन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय