कांग्रेसको अवरोधका राष्ट्रियसभा बैठक भोलि दिउँसो बस्नेगरी स्थगित

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ । दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साढे ४ बजेका लागि सारिएको थियो तर उक्त बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि बैठक भोलि शुक्रबारसम्मका लागि स्थगित गरिएको हो।

सहकारी प्रकरणलाई लिएर प्रतिनिधिसभा अवरुद्ध पार्दै आएको कांग्रेसले राष्ट्रियसभा पनि चल्न नदिएको हो बिहीबारको अपरान्हको बैठकको सुरुमै कांग्रेस सांसदहरू उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले महत्वपूर्ण विषयहरू छायामा परेको भन्दै बसेर बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए।

त्यसपछि अध्यक्ष दाहालले भोलि दिउँसो १ः१५ मा बस्नेगरी आजको बैठक स्थगित गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय