काठमाडौं । डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन् । द्वन्द्वपीडित भानुप्रताप शाह लगायतले जुस खुवाएर डा. केसीको ६ दिने अनशन तोडाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहितका चारबुँदे माग राखेर डा। केसीले २९ वैशाखमा अनशन थालेका थिए । पशुपति मृगस्थलीमा अनशनरत केसीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुको चालमा समस्या देखिनुका साथै रगतमा सुगरको मात्रामा कमी देखिएको थियो ।
चिकित्सकहरूले जुनसुकै बेला अझ गम्भीर भई जीवनलाई खतरा हुनसक्ने चेतावनी दिएपछि डा. केसी अनशन तोड्न सहमत भएका हुन् ।