काठमाडौं । गुल्मीमा भएको बस दुर्घटनामा १३ जना घाइते भएका छन् ।
पोखराबाट गुल्मी सदरमुकाम तम्घास जाँदे गरेको लु १ ख ८१७५ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका १ मक्वादीमा दुर्घटना हुँदा १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक अनिल थापाले बताए ।
घाइतेमध्ये चालक र सहचालकको अवस्था गम्भीर भएको उनले बताए । घाइतेमध्ये १० जनालाई पाल्पा पठाइएको र अन्य ३ जनालाई पनि पठाउने तयारी रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।