वर्षाका कारण गुल्मीको पनाहा खोलामा बाढी

काठमाडौं । वर्षाका कारण गुल्मीको पनाहा खोलामा बाढी आउँदा बर्बोट भनभने–पुर्कोट सडकखण्डमा काम गर्ने निर्माण व्यवसायीका सामग्रीमा क्षति पुर्‍याएको छ ।

बाढीले सडक विस्तारका क्रममा प्रयोग भएका एसी कन्ट्रकसन प्रालिका २ वटा टिपर, २ वटा इस्काभेटरलगायत साधन बगाएको हो ।

त्यस्तै गएराति भारी वर्षासँगै आएको बाढीले पुल निर्माणको सामानहमा पनि क्षति पुर्‍याको छ । धुर्कोट गाउँपालिका–१ र ४ जोड्ने पनाहा खोला ठुल्दी भन्ने ठाँउमा निर्माणाधीन पुलका सामानहरु बाढीले बगाएर क्षति पुर्‍याएको निर्माण व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय