जसपाले समर्थन फिर्तालिएपछि प्रधानमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सोमबार (जेठ ७ गते) विश्वासको मत लिने भएका छन्।

जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

यसबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय