हिजो नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज सात सयले घटेर कारोबार हुँदै

काठमाडौं । आज सुनको मूल्य घटेको छ । हिजो बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य साताको अन्तिम दिन आज शुक्रबार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भएको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्य एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय