काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको छ ।
तीन नेताबीच आज सिंहदरबारमा छलफल भएको हो । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समितिको विषयले सदनमा बिहीबार मुठभेडको अवस्था बनेको थियो ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सुरु हुन सकेको छैन । कांग्रेसको अडानका कारण बैठक अवरुद्ध भइरहेको छ ।