ट्राफिक प्रहरी जवान युवराज घिमिरे मृत फेला

काठमाडौँ । काठमाडौँमा एक प्रहरी जवान मृत फेला परेका छन् ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शङ्कास्पद अवस्थामा तार्केश्वर–९ मनमैजुमा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको बिहीबार राति हत्या भएको आशङ्का गरिएको छ भने अनुसन्धान जारी छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय