आईपीएलमा लखनउसँग मुम्बई १८ रनले पराजित, आज आरसीबी र चेन्नई खेल्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले हराएको छ । गएराति भएको खेलमा लखनउले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन मात्रै बनाउन सक्यो । उसका रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए ।

आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय