राष्ट्रिय राजनीति तमासा भइरहेको छ: माधव नेपाल

काठमाडौँ । नेकपा एसका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन् ।

आज शनिबार माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताएका हुन् ।

यस्तै उनले राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिरहेको पनि आरोप लगाए । अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरूको रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर