सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने सहमति

काठमाडौँ । गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबिच सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकमा सो सहमति भएको हो ।

बैठकमा संसदीय समितिको कार्यादेश टिओओरबारे सहमति हुन भने बाँकी छ । संसदीय समितिको कार्यादेश टिओओरबारे पनि भोलि सम्म कुरा मिल्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर