सुनको मूल्य आज तोलामा १ लाख ४१ हजार नजिक

काठमाडौँ । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ ।

अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको सुरुको दिन बढेर १ लाख ४० हजार ९०० रुपैयाँ पुगेको हो।

यस्तै तेजावी सुन तोलामा तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ ।

शुक्रबार तोलामा १८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर १९१० रुपैयाँ पुगेको हो ।

जसअनुसार चाँदीको मूल्य तोलामा ११० रुपैयाँ वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय