काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजको संसद बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ । आज बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय हो । कांग्रेसले यस अघि सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै लगातार अवरोध गरिरहेको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समसामयिक विषयमा आफ्नो भनाइ राख्ने बताए । प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइए पनि बैठक सुरू भएको छैन ।

