छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश साँझसम्म टुंग्गो लगाइने

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश आइतबार बेलुकासम्म टुंग्गो लगाउने तयारी भएको छ । कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यसमेत रहेका एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले कार्यादेशका विषयमा धेरै अन्तर नरहेको बताए ।

उनका अनुसार कांग्रेसले छलफलका लागि २० मिनेटको समय माग गरेको छ ।

उनले सहमतिको नजिक पुगिएको बताए । कार्यदलको बैठक बिहानैदेखि कानुन मन्त्रालयमा बसेको हो । सहकारी प्रकरणबारे छानबिन गर्न समिति बनाउने सहमति शनिबार भएको थियो । टीओआरबारे टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक अनिश्चित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय