प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत विश्वासको मत दिन्छौं: माधव नेपाल

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत विश्वासको मत दिने बताएका छन्।

आज पेसागत महासंघ नेपालको २९औँ स्थापना दिवस तथा ‘सहयात्रा’ विमोचन समारोहमा नेपालले आफ्नो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने प्रश्नै नउठ्ने बताए।

“आजै मेरो प्रधानमन्त्रीसँग कुराकानी भयो। संसद् अवरोधका विषयमा पनि कुराकानी भयो। अवरोध हटाउने विषयमा मेरो राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि कुराकानी भयो,” उनले भने, “अन्य पक्षसँग कुराकानी भयो, नेपाली कांग्रेससँग पनि भयो। यो अवरोध पन्छाउनु नै सबैको हितमा हुन्छ। ”

नीति तथा कार्यक्रमको सन्दर्भमा संसद्मा छलफलको ढोका नखोल्दा संवैधानिक जटिलताहरू आउने भन्दै सहमतिको बुँदामा पुग्न आवश्यक भएको नेपालले बताए। प्रधानमन्त्री प्रचण्डले सोमबार (भोलि) विश्वासको मत लिने तयारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय