टीओआरबारे काँग्रेस भन्छ, झापामा आगो लाग्यो, कञ्चनपुरमा निभाउन जाऊँ भनियो भने मान्दैनौं

काठमाडौं। नेपाली काँग्रेसले सहकारीको बचत अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यदेश (टीओआर) मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राखेरै जानुपर्ने अडान कायमै राखेको छ। काँग्रेस प्रमुख सचेतक रमेश लेखकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि आरोप लागेकाले उनको नाम समावेश गरेर मात्र संसदीय समिति बनाउनुपर्ने पक्षमा काँग्रेस रहेको बताए।

तर, सहकारी प्रकरणमा सत्ता पक्ष झारा टार्ने गरी प्रस्तुत हुन खोजेको उनले आरोप लगाए। सत्ता पक्ष संसदीय समितिको नाममा ‘झापामा आगो लाग्यो, कञ्चनपुरमा निभाउन जाऊँ’ भनेजस्तो गरी झारो टार्नतिर लागिपरेको उनको भनाई थियो। गृहमन्त्री लामिछानेको नाम राखेरै संसदीय समिति बनाउने बारेमा सहमति जुट्न नसकेको र काँग्रेस उक्त मागबाट पछि नहट्ने प्रमुख सचेतक लेखकले बताए।

समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने कुरा पनि उल्लेख गरेर जाने, जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाऊँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोगबारे पनि उल्लेख गर्न भने पनि सत्तापक्ष विषय केन्द्रित हुन नमानेको उनको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय