प्रधानमन्त्री प्रचण्डले मागे संसदमा विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत मागेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेससहितका सबै दललाई १६ महिनाको अवधिमा सरकारका तर्फबाट गरेको कामलाई आधार बनाएर समर्थन गर्न आग्रह गरे।

प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर विश्वासको मत दिइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजी गरिरहेको छ।

‘विश्वासको मत दिनुस्। राष्ट्र निर्माणका लागि विश्वासको मत दिनुस्। आउने दिनमा देश र जनताको पक्षमा दृढताका साथ काम गर्ने अवसर मिल्नेछ,’ प्रचण्डले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय