काठमाडौं। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्षले बैठक स्थगित गरेका हुन्।
सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरुमाथि औंला ठड्याउने काम भइरहेको बताए। उनले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गरे।
कांग्रेसले बैठक शुरु हुनासाथ उठेर विरोध गरेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ ८ गते मंगलबार १ : १५ बजे बस्ने गरि स्थगित गरेका हुन्।