काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्। सोमबार संघीय संसद् भवनमा दुई नेताबीच बधाई साटासाट भएको हो।
एमाले, माओवादी केन्द्र, रास्वपपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रधानमन्त्री प्रचण्डको पक्षमा उभिएका छन्।
प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको पक्षमा १५७ मत प्राप्त भएको छ। नेपाली कांग्रेसको अवरोधको बावजुद प्रधानमन्त्री प्रचण्डले सदनमा आज विश्वासको मत लिएका हुन्।