काँग्रेसले समिति नभइ सरकार मागेको एमाले नेता बर्तौलाको आरोप

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले कांग्रेसले संसदीय छानबिन समितिको नाम गरेर सरकारको माग गरेको बताएका हुन्।

उनले गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत कांग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने बताए। प्रमुख सचेतक बर्तौलाले कांग्रेसको माग बदनियतपूर्ण र पूर्वाग्रहप्रेरित रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय