धनराज गुरुङले पठाए गृहमन्त्रीलाई अवहेलनामा कारबाही गर्न सभामुखलाई पत्र

काठमाडौं। नेपाली काँग्रेसका सांसद धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अवहेलनामा कारबाही गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन्। सांसद गुरुङले सोमबार संसद् सचिवालयमा निवेदन दिएका हुन्।

प्रतिनिधिसभा बैठकमा आइतबार गृहमन्त्री लामिछानेले अनैतिक रूपमा तथ्यहीन कुरा गर्दा संसद्को अपहेलना भएको उनको पत्रमा उल्लेख छ। काँग्रेस उपसभापति समेत रहेका गुरुङले दिएको निवेदनमा गृहमन्त्री लामिछानेले अदालतको फैसलामाथि धावा बोलेको, अदालतको अवहेलना गरेको उल्लेख छ।

त्यस्तै, अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी भ्रम सिर्जना गर्न खोजेको भन्दै आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन्। उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपि पनि निवेदनसँगै पठाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय