संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुखद भएन: माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेकपा एसका अध्यक्ष माधव नेपालले संसद्मा विकसित भइरहेका घटनाक्रमहरू सुखद नरहेको बताएका छन्।

आज मंगलवार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरूमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरूको काम हुने बताए।

उनले संसद्को​ गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए। अध्यक्ष नेपालले कुनै पनि पार्टीहरू नफुटुन् भन्ने आफूहरूको चाहना रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय