काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताएका छन् । आज मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्न नहुने बताए ।
कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताउँदै ओलीले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास मूल्य मान्यतामा आउनुपर्नेमा जोड दिए ।