कांग्रेसको अवरोधकाबीच सरकारको नीति तथा कार्यक्रम संसदमा टेबुल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा टेबुल गरेका छन्।

आजको प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसको नाराबाजी र वेल घेराउबीच नीति तथा कार्यक्रम टेबुल गरेका हुन्।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए।
नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव पनि होहल्लाकै बीच पारित भएको घोषणा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय