काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति १४ कठ्ठा जमिन र बैंकमा २५ लाख रकम रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रचण्डले बुझाएको सम्पत्ति विवरण अनुसार चितवनको भरतपुर नगरपालिका वडा नम्बर १४ मा १४ कठ्ठा जग्गा रहेको छ।
प्रचण्डले त्यसलाई पैत्रिक सम्पत्ति उल्लेख गरेका छन्। २०६५ र २०७३ मा प्रधानमन्त्री बनिसकेका प्रचण्डको एभरेष्ट बैंक काठमाडौंमा नगद २५ लाख जम्मा रहेको उल्लेख गरेका छन्।
यसैगरी प्रचण्डकी पत्नी स्वर्गीय सीता दाहालको नाममा चितवनमै एक कठ्ठा जमिन रहेको जनाएका छन्।