कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक सुरु भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसदका दुवै सदनमा वेल घेराउ गरी नारबाजी गर्दै आएको छ।

संसदीय समिति गठनमा सहमति भइसके पनि त्यसको कार्यादेश टुंगिन सकेको छैन। कांग्रेसले गृहमन्त्री लामिछानेको नाम नै उल्लेख गरी छानबिन गर्नुपर्ने अडान राखिरहेको छ भने कांग्रेसको अवरोधकाकारण संसद अवररुद्ध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय