सहकारीपीडितको मुद्दा लिएर कांग्रेस सडकमा उत्रिने

काठमाडौं । नेपाली कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सडकमा उत्रिने भएको छ । आज बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ । उसले नेपाली कांग्रेसमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय