कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्‍न धनुषा अदालतको अनुमति

काठमाडौं । दोहोरो नागरिकता अभियोगमा हिजो आफ्नै कार्यकक्षबाट पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्‍ने अनुमति दिएको छ।

हिजो मंगलबार काठमाडौंबाट पक्राउ गरी आज बुधबार अदालत पेस गरिएको थियो। धनुषा जिल्ला अदालतले सिरोहियालाई तीन दिन हिरासतमा राख्‍ने अनुमति दिएको हो।

न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी डम्मरप्रसाद घिमिरेलेलाई जानकारी दिए।

सिरोहियालाई नागरिकता किर्तेको अभियोगमा मंगलबार काठमाडौंबाट पक्राउ गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय