नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ‘केपी वान’ र ‘केपी टु’ भेटियो

काठमाडौं । नेपालमा फेरि पनि कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको जिनोमसिक्वेन्सिङ कोरोनाको नयाँ भेरिएन्ट भेटिएको पुष्टि भएको हो।

राष्ट्रिय प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको कोरोनाको ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको छ। हालै गरिएको ४२ कोभिड पोजेटिभ केसको जिनोमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका नमुनामा ओमिक्रोन (जेएन.१) २ नमुनामा, ओमिक्रोन (बीए.२), १२ नमुनामा, ओमिक्रोन (केपी.१) १७ नमुनामा, ओमिक्रोन (केपी.२) एक नमुनामा र ओमिक्रोन (केपी.३) (केपी.४) क्रमशः १ नमुनामा भेटिएको हो।

छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको थियाे। तर, हाल विश्वमा महामारीको रूपमा देखिन थालेकाे नयाँ भेरिएन्ट “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय