छोरीहरूलाई तेक्वान्दो बढीभन्दा बढी सिकाउनुपर्ने माधव नेपालको भनाइ

काठमाडौँ । नेकपा एसका अध्यक्ष माधव नेपालले छोरीहरूलाई बढीभन्दा बढी तेक्वान्दो सिकाउनुपर्ने बताएका छन्।

आज शुक्रवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा तेक्वान्दो धेरै लोकप्रिय बनिरहेको बताए। उनले तेक्वान्दोलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताए। यसले महिला हिंसाका घटना कम हुने बताए। उनले खेलले शरीरलाई स्वस्थ बनाउने बताए।

उनले जिल्ला, पालिकाहरूमा पनि तेक्वान्दो विस्तार गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘तेक्वान्दो नेपालमा धेरै लोकप्रिय हुँदै गइरहेको छ। यसलाई हामीले अझै बिस्तार गर्नुपर्छ। शरीर स्वस्थ बनाउन अझै यसलाई विस्तार गर्नुपर्छ। समाजमा अझै पनि विकृति छन्। खासगरी महिलालाई, छोरीहरूलाई तेक्वान्दोको तालिम दिनुस्। त्यसले आत्मविश्वास बढ्छ।’

अध्यक्ष नेपालले खेलले सामूहिकताको भावना बढाउने बताए। उनले खेलबाट अनुशासित र मेहनती हुन प्रेरित हुने बताए। उनले खेललाई प्रोत्साहन दिनुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय