काठमाडौं। नेपाली कांग्रेसले अवरोध गरेपछि आजको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ।
आज बसेको प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछी कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो।
कांग्रेसको विरोधपछि सभामुख देवराज घिमिरेले जेठ १३ गते आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए ।
सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।