सन्दीपलाई अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले थाल्यो पहल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ ।

परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको जनाइएको छ । टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

विश्वकपको आयोजक राष्ट्रले विश्वकप खेल्न जाने खेलाडीलाई रोक्न खोजेको भनेर नेपालमा तीव्र आलोचना भइरहेको छ । अमेरिकाले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

नेपाल क्रिकेट संघले आवश्यक कागजातहरूसहित राष्ट्रिय खेलकुद परिषदमा पठाएको थियो । परिषदले त्यसको अध्ययन गरेर खेलकुद मन्त्रालयमा र खेलकुद मन्त्रालयले परराष्ट्रमा पत्राचार गरेका थिए ।

खेलकुद मन्त्रालयको पत्रका आधारमा परराष्ट्रले दूतावाससँग समन्वय गरिरहेको स्रोतले बताएको छ । आजका ठोस प्रगति हुनसक्ने दाबी पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर