काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु बालुवाटारमा जारी छ ।
जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरू सहभागी भएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।