प्रमुख दलका शिर्ष नेताहरुको बैठक सकारात्मक

काठमाडौं । प्रमुख दलका शिर्ष नेताहरुको बैठक सकारात्मक बनेको छ । सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउने सन्दर्भमा भएको बैठक सकारात्मक दिशामा अघि बढेको बताइएको छ ।

आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शिर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा सहकारी प्रकरणमा संसदीय छानविन बनाएर संसदमा प्रमुख प्रतिपक्ष दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए। उनले समिति बनाउनका लागि सबैको जोडबल रहेको बताए ।

त्यस्तै नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउ परेको सन्दर्भमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको कुरा प्रधानमन्त्रीलाई जानकारी गराएको पनि उनले बताए । उनले गृहमन्त्री रवि लामिछानेले संसदको रोष्टममा उभिएर नेपाली कांग्रेसका विभिन्न नेताहरुलाई लाञ्छना गरेको भन्दै सो सम्बन्धमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको जानकारी दिए ।

उनले कुनै व्यक्ति र संस्थाको विषय भन्दापनि सहकारीमा अपचलन भएको सम्बन्धमा छानविन हुनेकुरा मुख्य भएको भन्दै भाषा र शैली मिलाउन सकिने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय