एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएल खेलमा सनराइजर्स हैदराबाद फाइनल प्रवेश गरेको छ ।
गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो ।
हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रन मात्रै बनायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो ।
अब हैदराबादले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । कोलकता मङ्गलवार राति सम्पन्न पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि चेन्नईमा हुने छ ।