संसद्को गरिमा र ओज खस्कँदै गयो: अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओज खस्कँदै गएको बताएका छन्।

आज शनिवार काठमाडौँमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागमती प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संसदमा हुने बहस, छलफल, शब्द चयनहरू स्तरहीन, मर्यादाहीन भएको बताए।

संसद् कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्त्वपूर्ण संवाहक भए पनि संसद्‌मा राम्रोसँग संसदीय गतिविधि सञ्चालन हुन नसकेको बताए। उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रूपमा देखिएको बताए।

उनले आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकतोकबिना संसद्‌मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताए। उनले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय