तृप्ति डिमरी अल्लु अर्जुनसँग ‘पुष्पा २’ मा देखिदै

एजेन्सी । साउथ मुभी पुष्पाको सिक्वेल तीन महिनापछि हलमा रिलिज हुँदैछ । पुष्पा २ यस वर्षको बहुप्रतिक्षित फिल्ममध्ये एक मानिन्छ ।

फिल्मको पहिलो भागमा सामन्था रुथ प्रभुले एउटा आइटम गीतमा नाचेकी थिइन् । यसलाई दर्शकले निकै मन पराएका थिए । गीतमा सामन्था निकै बोल्ड लुकमा देखिएकी थिइन् । पछिल्लो खबरका अनुसार पुष्पा २ मा सामन्थाको ठाउँमा बलिउड अभिनेत्री तृप्ति डिमरीको इन्ट्री भएको छ ।

यिनी रणवीर कपूरको ‘एनिमल’की भाभी नम्बर टु भएको बताइएको छ । रिपोर्टका अनुसार तृप्तिले यस फिल्ममा अल्लु अर्जुनसँग रोमान्टिक गीतमा नाच्नेछिन् । तर अहिलेसम्म तृप्ति र फिल्म मेकरहरूले यसको पुष्टि गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय