टिओआर टुंग्याउन गठित कार्यदलको बैठक सकियो, के भयो छलफल ?

काठमाडौं। सहकारी ठगी प्रकरण छानबिनका लागि बन्न लागेको संसदीय समितिको क्षेत्राधिकार (टिओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ । बैठकमा कम्पनीको नाम उल्लेख गरेर समिति बनाउने सहमति गरिएको छ ।

आज शनिबार सिंहदरबारमा बसेको कार्यादलको बैठकमा यस्तो सहमति जुटेको हो ।

यद्यपि, शीर्ष नेताहरूबीचको बैठकपछि मात्र अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बनाइने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । उनका अनुसार, शीर्ष नेताहरूको बैठक आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शीर्ष नेताहरूको बैठकपछि मात्र संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय