सुनचाँदीकै मूल्य आज स्थिरमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन र चाँदी शुक्रबारकै मूल्यमा कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी पनि आज शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय