काठमाडौं । ‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले हात पारेका छन् । गएरातीको फिनाले एपिसोडमा उनले नगद १० लाखसहितको पुरस्कार जितेका हुन् ।
राईले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको गिफ्ट भौचर प्राप्त गरेका छन् ।
यस्तै, फिनालेमा ‘भ्वाइस किड्स’का निर्देशक लक्ष्मण पौडेलले जेठ ३१ गते शुक्रबारदेखि तेस्रो सिजनको प्रसारण सुरु हुने बताए ।
‘पोएट आइडल’को दोस्रो सिजनमा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक थिए । दिब्यदेव होस्टको रुपमा थिए ।