प्रतिनिधि सभाबाट वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौं । नेपाली काँग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

आज आइतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आ।व। २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रश्तुत गर्नुभएको आ।व। २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

सभामुख घिमिरेले प्रतिनिधि सभाको मंगलवार ४ बजेका लागि बोलाएका छन् ।

सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्नेगरी संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर