नेप्से परिसूचक घटेर बन्द

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार घटेर बन्द भएको छ । नेप्से २.१४ अंकले घटेर २१.०९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नेप्सेसँग कारोबार रकम पनि घटेको छ । चार अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साताको अन्तिम करोबार दिन पाँच अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक ३.३७ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय