काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीसहित तीनजनालाई कैद सजाय सुनाइएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले आज आइतबार उनीहरूलाई एकरएक महिना कैद सजाय सुनाएको हो ।
मेयर अधिकारीसहित अदालतले नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई कैद सजाय सुनाएको छ ।
विवादित जग्गामा नगरपालिकाको संरचना बनाएको र अदालतले हटाउनू भन्ने आदेश दिँदा पनि नमानी अदालतको मानहानि गरेको अभियोगमा उक्त फैसला सुनाइएको हो ।