काठमाडौं । सुनचाँदीको मूल्य आज बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँमा बढेर करोबार भएको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।